२०८२ फाल्गुन २९ , शुक्रवार

मेयर बालेन र उपमेयर सुनिताबीच वार्ता: कार्यपालिका वैठक र नगरसभा डाक्न सहमत

balen-and-sunita

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उमेयर सुनिता डंगोलबीच कार्यपालिका बैठक सञ्चालन गर्ने सहमति भएको छ ।
हाल मिति तोक्ने विषयमा थप छलफल जारी छ भने बैठकका एजेन्डा तय गर्न प्रारम्भिक चर्चा भएको जानकारी दिइएको छ।

वार्तामा महानगरका प्रवक्तासमेत रहेका १७ नम्बर वडाध्यक्ष ( कांग्रेस)  नवीन मानन्धर, ३२ नम्बर वडाध्यक्ष ( एमाले)  नवराज पराजुली र १५ नम्बर वडाध्यक्ष ( नेकपा एस )  ईश्वरमान डंगोलको उपस्थिति रहेको थियो।

गौरतलब छ कि काठमाडौं महानगर कार्यपालिकाको बैठक गत पुस १४ गतेपछि हालसम्म बस्न सकेको छैन।