
सुनाखरी न्युज/ काठमाडौं ।
सुनचाँदी व्यवसायीहरु तीन बुँदे मागसहित आन्दोलनमा उत्रिएका छन् । बिहीबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घ र देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका छन् । राज्यले व्यवसायीहरू निर्धारण गरेको सुनचाँदी कारोबारमा २ प्रतिशत विलासिताको राजश्व खारेज गर्नुपर्ने, हिरा र जवाहरात जडित गरगहनामा लागू गरिएको मूल्य अभिबृद्धि कर पुनर्विचार गरी खारेज गर्नुपर्ने , व्यवसायीहरू हित, संरक्षण र विकास लागि कानुन निर्माण गर्ने माग गरिएको छ । यो खारेजको माग गर्दै देशभर सुनचाँदी पसल बन्द गराएर विरोधमा उत्रिएका हौँ ।’ सरकारले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने उनीहरूको माग छ । साथै सुनचाँदी कारोबारका लागि प्रस्ट नीति नियमावली निर्माणकोसमेत माग गरेका छन् ।
संघका अध्यक्ष प्रेमलाल पौडेलले बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा सुन र सुनका गहनामा २ प्रतिशत विलासी कर लगाउने र हिरा जवाहरत लगायतका बहुमुल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने व्यवस्था गरिएकाले त्यसका विरुद्ध पाल्पासहित देशैभर विरोधका कार्यक्रम घोषणा गरिएको बताए । उनका अनुसार जेठ २९ र ३० गते नेपाल सुन–चाँदी व्यवसायी महासंघ, नेपाल सुन–चाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा हुने विरोध कार्यक्रम अनुसार नै पसल बन्द गरेर विरोधस्वरुप आन्दोलनमा उत्रिएको हो । व्यवसायीहरुको आन्दोलनप्रति महासंघको पूर्ण समर्थन रहेको भन्दै उपाध्यक्ष न्यौपानेले सुन शुद्धता र गुणस्तरमा समेत ध्यान दिन व्यवसायीलाई आग्रह गरे । पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष भरत शर्माले सरकारले बजेटमार्फत ल्याएको सुन–चाँदीमा विलासिता कर नीति खेदजनक रहेको बताए । जन्मदेखि मृत्युसम्म धार्मिक, सांस्कृतिक रुपमा प्रयोग गरिने बहुमूल्य सुन जस्तो वस्तुमा कर थुपारेर सरकारले गलत गरेको उनको भनाई छ ।
संघका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार समरखातीले सुनमा लगाइएको २ प्रतिशत कर र बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर, सुनको भन्सार ६ प्रतिशत कायम गर, सुनचाँदीको कारोबारका लागि प्रष्ट नीति नियमावली निर्माण गर, उभोक्तालाई करको भारी नलगाऊ जस्ता मागहरु राखेर विहीबार र शुक्रबार पसलहरु बन्द गरेर सरकारलाई दवाव दिने कार्यक्रमहरु तय गरिएको बताए ।

