
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्य मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरत लगायत बहुमूल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेसंगै सुनचाँदी व्यवसायी महासंघहरुको आब्ह्वानमा आज देखि २ दिन सम्म देसभरका सुनचाँदी ब्यवसाय बन्दहुने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्तरूपमा चरणबद्ध विरोध र आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
महासंघहरूले बजेटमा ल्याइएका अब्यवहारिक नीति विरुद्ध आन्दोलनमा होमिनु परेकेो नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यले जानकारी दिनुभयो ।
महासंघका महासचिव किरणभाई बज्राचार्यले आगामी आर्थिक बर्ष २०८२–०८३ को बजेट वक्तव्य मार्फत सरकारले घोषणा गरेको सुन र सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरात लगायतका बहुमुल्य हिरा पत्थरमा लागु गरिएको १३ प्रतिशत भ्याट पूर्णरुपमा खारेज गर्न माग गर्दै आन्दोलनको घोषणा गरिएको बताउनुभयो ।
त्यस्तै छिमेकी मुलुक भारतमा भन्दा नेपालमा लिइने भन्सार दर ४ प्रतिशत बढी भएकोले त्यसलाई घटाई भारतमा जसरी नै ६ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव निर बहादुर वि।क। बिमलले बताउनुभयो ।
जेठ २७ गते मंगलबार महासंघहरुले दिएको फम्र्याट अनुसार ३×२ साईजको व्यानरमा विरोधका नाराहरु समावेश गरी पसल पसलमा व्यानर राख्ने र ब्द्ध साईजको कालो झण्डा राख्ने, कालो पट्टी बाँधेर व्यवसाय सञ्चालन गर्ने, विरोध पत्रको रजिष्ट्रर तयार गरी ग्राहकहरुको हस्ताक्षर संकलन गर्ने र जिल्लारनगर संघहरु मार्फत विरोध स्वरुप सार्वजनिक स्थलमा सेतो कपडामा हस्ताक्षर संकलन गर्ने जस्ता कार्यक्रमहरू संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । त्यस्तै जेठ २९ र ३० गते दुई दिन व्यवसाय बन्द गरी विरोधस्वरुप पसलको चावी सहित स्थानिय जिल्ला प्रशासन कार्यालयमा जाने उल्लेख गरिएको छ ।