
सुनाखरी न्युज/ काठमाडौं ।
नवरत्न व्यवशायी संघ नेपालको हालै सम्पन्न ११ औं साधारण सभा तथा छैटौं अधिवेशन नक्साल स्थित लिशरा पार्टि प्यालेसमा संघका अध्यक्ष रंगराज रोकायाको सभापतित्वमा सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष तथा का.वा. अध्यक्ष दियेशरत्न शाक्यको प्रमुख आतिथ्यतामा जेठ २५ गते सो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । उक्त कार्यक्रममा महासंघका कार्यसमिति सदस्य चित्र ब. हमाल विशेष अतिथि, रत्न व्यवसायी संघका अध्यक्ष कृष्ण हमाल अतिथि र संघका पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
नेपाल सुनचारी व्यवसाय महासंघका कार्यवाहक अध्यक्ष दियेश रत्न शाक्यले नेपाल सरकारले २०८२ -८३ को बजेट मार्फत लागू गर्न खोजेको २ प्रतिशत विलासिता कर र हिरा बहुमूल्य पत्थर का गहना लगाइएको १३ प्रतिशतको भ्याट खारेजीको माग सम्बोधन नभएमा महासङ्घ चरणबद्ध रूपमा सशक्त आन्दोलनमा उत्रिने बताउनुभयो।

उक्त अधिवेशनबाट मयाराम कोइराला (मुकेश) को नेतृत्वमा १५ जनाको कार्यसमिति चयन भयो । कार्यक्रमको संचालन संघका महासचिव भीम प्र. पाण्डेले गरेको थियो । नयाँ कार्यसमिति निम्न अनुसार रहेको छ ।
१) मयाराम कोईराला (मुकेश) अध्यक्ष
२) तिर्थ प्र. कोईराला उपाध्यक्ष
३) भिम प्रसाद पाण्डे उपाध्यक्ष
४) कमल कोइराला उपाध्यक्ष
५) जगत प्र. पाण्डेय महासचिव
६) देवेन्द्र प्र. चौलागाई सचिव
७) काशि प्र. कोइराला सह सचिव
८) प्रशुराम न्यौपाने कोषाध्यक्ष
९) धर्मराज आचार्य सहकोषाध्यक्ष
१०) देवेन्द्र पाण्डे सदस्य
११) तन्न रोकाया सदस्य
१२) नमराज तिवारी सदस्य
१३) भानु प्र. कोइराला सदस्य
१४) पुर्ण प्र. न्यौपाने सदस्य
१५) मनुमाया सुनार सदस्य