२०८३ बैशाख २२ , मंगलबार

देशभरका कर्मचारी आन्दोलित , कालोपट्टी बाँधेर सेवा प्रवाह

karmachari-kalo-patti-aandolan

सुनाखरी न्युज / काठमाडौं ।

संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित देशभरका निजामती कर्मचारीहरुले आजदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन शुरू गरेका छन्।‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को अगुवाइमा कर्मचारीहरुले आजदेखि अनिश्चितकालीन आन्दोलन थालेका हुन् ।

निर्देशक समितिमा नेकपा एमालेनिकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादीनिकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन् ।

समितिको जेठ २० गतेको बैठकले संघीय निजामती सेवा ऐन प्राप्तिका लागि आन्दोलनका कार्यक्रम तय गरेको थियो । अम्बादत्त भट्टको अध्यक्षतामा बसेको उक्त बैठकले जेठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म देशभरका सबै राष्ट्रसेवक कर्मचारीले कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । अम्बादत्त भट्टको अध्यक्षतामा बसेको सो बैठकले आजदेखि अर्को निर्णय नभएसम्म देशभरका सबै राष्ट्रसेवक कर्मचारीहरुले कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आजदेखि देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेको नेपाल निजामती कर्मचारी संगठनका महासचिव आरसी अधिकारीले बताएका छन् ।