
सुनाखरी न्युज / काठमाडौं ।
अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा ४ जना नेपाली घरभित्रै मृत भेटिएका छन् ।भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।
मृत भेटिनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अन्जु श्रेष्ठ, ८ वर्षीया बालिका र २ वर्षीय बालक छन् । घरभित्र गोली लागेर मृत्यु भएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको हत्या भएको र घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।
घरको तल्लो तलामा बस्ने उनीहरूसँग सम्पर्क नभएपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले जाँच गर्दा उनीहरू घरभित्रै मृत फेला परेका थिए । म्यानासस पार्क प्रहरीले उनीहरूको हत्या भएको र गोली कसले चलाएको हो भन्नेबारे अनुसन्धान अघि बढेको बताएको छ । घटनास्थलमा एउटा बन्दुक पनि फेला परेको छ । छिमेकीहरूले बताएअनुसार परियारको परिवार करिब ६ महिनाअघि मात्रै उक्त घरमा सरेका थिए ।