२०८२ चैत्र ३ , मंगलबार

एनपीनोग–११ कार्यशाला तथा सम्मेलन काठमाडौँमा हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पोखरामा सफलतापूर्वक सम्पन्न एनपीनोग–१० (npNOG-10) पछि, नेपाल नेटवर्क अपरेटर ग्रुप (npNOG) ले इन्टरनेट एक्सचेन्ज नेपाल (npIX) सँग सहकार्य गर्दै एनपीनोग–११ कार्यशाला तथा सम्मेलन आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम २०२५ जुन १५ देखि २० ९२०७८ असार १–६० सम्म काठमाडौँको हायात सेन्ट्रिक होटलमा आयोजना गरिनेछ। कार्यक्रममा नेटवर्क इन्जिनियर, सिस्टम इन्जिनियर, सूचना प्रविधि विज्ञ, कन्सल्टेन्ट, सरकारी तथा गैरसरकारी प्राविधिकहरू र सूचना प्रविधि तथा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहनेछ। कार्यक्रममार्फत नेपालमा आधुनिक डिजिटल पूर्वाधार विकास र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने आयोजकहरूको विश्वास छ।
कार्यक्रम तालिका:
● कार्यशाला (Workshop): जुन १५–१८ ९असार १–४०

● ट्युटोरियलस् जुन १९ ९असार ५०

● सम्मेलन (Conference): जुन २० ९असार ६०

सहभागीहरूका लागि दिउँसोको खाजा, लन्च, चियारकफी तथा स्टेसनरीको व्यवस्था गरिएको छ।
दर्ता शुल्क विवरण:
प्रकार
नेपाली सहभागी:
● सम्पूर्ण कार्यक्रमस् रु. २०,०००

● कार्यशाला मात्रस् रु. १७,०००

● ट्युटोरियल मात्रस् रु. ३,०००

● सम्मेलन मात्रस् रु.५,०००

अन्तर्राष्ट्रिय सहभागीस्
● सम्पूर्ण कार्यक्रम: USD 200

महिला सहभागीका लागि सोही मितिसम्म २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। इच्छुकले यहाँ क्लिक गरी अनलाइन दर्ता गर्न सक्नेछन्।
सिट संख्या सीमित भएकाले समयमै दर्ता गर्न आयोजकले अनुरोध गरेको छ। https://npnog.org.np/npnog11/registration/