२०८२ फाल्गुन २४ , आइतवार

आरसिबीलाई पहिलो पटक आइपिएलको उपाधि

IPL-768×432

सुनाखरी न्युज/ काठमाडौं ।

इन्डियन प्रिमियर लिग ( आइपिएल)  मा रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो पहिलो उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित विश्वको सबभन्दा ठूलो क्रिकेट रङगशाला नरेन्द्र मोदी क्रिकेट रङगशालामा पहिले ब्याटिङ गरेर रोयल च्यालेन्जर्स बेङगलुरुले नौ विकेटको क्षतिमा १९० रन बनाएको थियो ।

पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो। जवाफमा पन्जाब किंग्सले पूरा ओभर खेल्दै १८४ रन मात्र बनाउन सक्यो र उपाधि जित्नबाट चुक्यो। आरसिबीले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधि जितेको हो ।

यसअघि चेन्नई सुपर किंग्स ५ पटक, मुम्बई इन्डियन्स ५ पटक, कोलकाता नाइट राइडर्स ३ पटक, राजस्थान रोयल्स १ पटक, डेक्कन चार्जर्स १ पटक, सनराइजर्स हैदराबाद १ पटक र गुजरात जायन्ट्स १ पटक च्याम्पियन बनिसकेका छन्।