२०८२ फाल्गुन २९ , शुक्रवार

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संविधानसभा सदस्य एवं पूर्वप्रतिनिधिसभा सदस्य गणेशबहादुर खड्काको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकमा स्व खडकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो । राष्ट्रियसभा सदस्यले शोक प्रकट गर्दै एक मिनेट मौनधारणा गर्नुभएको थियो । विक्रम संवत् १९९९ साल साउन १९ मा जन्मनु भएका संविधानसभा सदस्य एवं पूर्वप्रतिनिधिसभा सदस्य खड्काको ८२ वर्षको उमेरमा यही जेठ १५ गते निधन भएको थियो । स्वर्गीय खडका नेपाली कांग्रेसबाट २०४८ र ०५१ सालको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा र ०६४ सालमा संविधानसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । यसैगरी, २०५२ सालमा भौतिक योजना तथा निर्माण एवं यातायात सहायकमन्त्री र ०६४ सालमास्थानीय विकास राज्यमन्त्रीसमेत हुनुभएको थियो । सभाको अर्को बैठक यही जेठ २१ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ ।

रासस