२०८३ बैशाख २२ , मंगलबार

टर्कीमा गयो भूकम्प, सात जना घाइते

Earthquake vector frequency wave graph, seismic activity

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार राति टर्कीमा भूकम्पको शक्तिशाली झट्का महसुस भएको छ । विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूमध्यसागरको तटीय शहर मारमारिसमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ ।

भुकम्पको त्रासमा आतंकित भएर घरबाट भाग्ने प्रयास गर्दा कम्तिमा सात जना घाइते भएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु भूमध्यसागरमा रहेको बताइएको छ । भूकम्प मध्यराति ०२ः१७ बजे आएको थियो । डराएर झ्याल वा बाल्कोनीबाट हाम फालेर सात जना घाइते भएको मारमारिसका गभर्नर इद्रिस अकबिकले बताएका छन् ।

घाइतेहरूको चोटपटकको उपचार भइरहेको र कुनै गम्भीर क्षतिको तत्काल कुनै रिपोर्ट नआएको भनिएको छ । टर्की मुख्य फल्ट लाइनहरूमाथि छ । त्यसैले यहाँ बारम्बार भूकम्प गइरहन्छन् । २०२३ मा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले टर्कीमा ५३ हजार भन्दा धेरैको ज्यान गएको थियो ।