२०८२ फाल्गुन २७ , बुधवार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण

nepali-corona

सुनाखरी न्युज/ काठमाडौं ।

दुई वर्षयता शिथिल भएको कोरोना भाइरस पुनः सक्रिय हुन थालेको छ । दक्षिण पूर्वी एसियाली देशहरूमा कोरोना महामारी बढेको खबर आइरहेका बेला नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा व्यापक हुन थालेको छ । मन्त्रालयका अनुसार भारतभरि कुल १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७ जना संक्रमित फेला परेका छन् ।

यसैगरी उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगलामा १२, हरियाणामा र पुडुचेरीमा ९्र९, आंध्रप्रदेशमा ४, मध्यप्रदेशमा २, तेलंगाना, गोवा र छत्तिसगढमा १/ १ जना संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित केरल राज्यमा देखा परेका छन् । जहाँ ४०३ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणको बढ्दो जोखिमको बारेमा कर्नाटकका स्वाथ्यमन्त्री दिनेश गुन्डु रावले ‘दक्षिण पूर्वी एसियाली देशहरूमा कोरोना महामारी बढिरहेको खबरहरु आएतापनि यो संक्रमण त्यति धेरै जोखिमयुक्त नरहेको बताउनुभयो ।