२०८२ फाल्गुन २७ , बुधवार

मेघगर्जनसहित वर्षाको सम्भावना

weather2

सुनाखरी न्युज/ काठमाडौं ।

पश्चिमी वायु, स्थानीय वायुको साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव नेपालको मौसम प्रणालीमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको उत्तर- पश्चिमका केही क्षेत्र तथा दक्षिण ( पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ।

सोमबार दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भागका केहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च – पहाडी तथा हिमाली भागका केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।