२०८२ फाल्गुन २३ , शनिवार

विद्यालयलाई आर्थिक सहयोग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मालिका गाउँपालिका–१ छिसको एक परिवारका सदस्य स्थानीय सिद्ध आधारभूत विद्यालयलाई सामुहिक रुपमा आर्थिक सहयोग गरेका छन् ।उदारमना ओमबहादुर फगामीको परिवारले प्रदान गरेको रु दुई लाख १९ हजारबाट विद्यालयमा कक्षा कोठा निर्माण गरिएको छ । व्यवस्थापन समितिका अध्यक्ष मानसिङ सापकोटाले बताउनुभयो । कक्षा आठसम्म पढाइ हुने यो विद्यालयमा एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।
रासस