
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालमा सुनचाँदी ब्यवसायलाई नियमन एवं ब्यवस्थित गर्ने नीति नियम तथा कानूनको अवस्थामा सम्वन्धमा संसदमा छलफल शुरु भएको छ । संसदको उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले मंगलबार देखि औपचारिकरुपमा छलफल शुरु गरेको हो ।

छलफलमा समितिका सभसापति एवं सदस्यहरुको साथै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी लगायत मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी लगायतको सभागिता रहको थियो ।

सुनचाँदी ब्यवसाय सँग सम्वन्धित विभिन्न क्षेत्रका ब्यवसायीहरुको समेत सहभागिता रहेको सो छलफलमा नेपाल सुनचाँदी ब्यवसायी महासंघको तर्फवाट नेपालमा सुनचाँदी ब्यवसायलाई नियमन एवं ब्यवस्थित गर्ने नीति नियम तथा कानूनको अवस्थाका सम्बन्धमा हालसम्म ब्यवसायीका तर्फवाट तयार गरिएको दस्तावेज समितिका सभापति अब्दुल खानलाई हस्तान्तरण गरिएको थियो । त्यसक्रममा महासंघका कार्यवाहक अध्यक्ष दियेसरत्न शाक्यले प्रष्ट ऐन कानूनको अभावमा ब्यवसाय सञ्चालनमा नै समस्या आएको भन्दै सिघ्र ऐन तथा नीति, नियम एवं निर्देशिका ल्याउन आग्रह गर्नुभयो ।
छलफलका क्रममा वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुनचाँदी सँग सम्वन्धित कानुन निर्माणको क्रममा रहेको बताउनुभयो । त्यसक्रममा सहभागी साम्सदहरुले सुनचाँदी कारोबार सम्वन्धी कानुन सिघ्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
त्यस अवसरमा महासंघका तर्फवाट महाससचिव किरणभाई बज्राचार्य, कोषाध्यक्षक सुदिप श्रेष्ठ लगयातका ब्यवसायीहरुको सहभागिता रहेको थियो ।