२०८२ फाल्गुन २७ , बुधवार

बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते

494358788_663965566468248_39668762601563107_n_8I0ZygqwZ0-560×280

सुनाखरी न्युज/ काठमाडौं ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे नजिक आज बिहान एकापसमा जुध्दा दुर्घटना भएको छ ।  उक्त दुर्घटनामा बसमा सवार ७ जना घाइते भएका छन् । रुकुम पश्चिमबाट काठमाडौं तर्फ आउदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको टिप्पर एक आपसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट गाउँपालिकाका हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिकाका चन्द्रबहादुर रावल, सानीभेरी नगरपालिकाकी बिन्दु वली, भद्रबहादुर वली, रुकुम पश्चिमकै शर्मिला पाण्डे, बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिपर चालक जिल्ला तनहुँका शंकर अधिकारी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार घाइते भएका हरिसचन्द्रको खुट्टा भाँचिएको छ । उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको छ । अन्य सबैको अवस्था सामान्य छ । उनीहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।