२०८२ फाल्गुन २३ , शनिवार

सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार पनि सोही मूल्यमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा भने ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार भने १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको थियो ।