२०८२ फाल्गुन २६ , मंगलबार

साबुनले धुनु हुन्छ कि हुँदैन अनुहार ?

OIP (3)

सुनाखरी न्युज/ काठमाडौं ।

शरीरका अन्य भागको तुलनामा अनुहारको छाला एकदमै संवेदनशील हुन्छ । त्यसैले पनि शरीर र अनुहारको छालाका लागि फरक – फरक सामग्री प्रयोग गर्ने गर्छौं ।तर अनुहार साबुनले धुनु राम्रो हो त रु साबुनमा पाइने कठोर रसायनहरूले छालालाई सुख्खा र नीरस बनाउन सक्ने अनि छालाको प्राकृतिक ओसिलोपन समाप्त हुन्छ भनेर धेरै छाला विशेषज्ञहरू विश्वास गर्छन् ।

तपाईं पनि आफ्नो अनुहारको छाला स्वस्थ र चम्किलो होस् भन्ने चाहनुहुन्छ रु यदि चाहनुहुन्छ भने साबुनको सट्टा प्राकृतिक चीजहरू प्रयोग गर्नु फाइदाजनक हुनसक्छ । साबुनको प्रयोगले अनुहारको छालाको प्राकृतिक चिल्लोपन हराउँछ । जसले गर्दा छाला एकदमै रुखो र पत्र निस्कने समस्या आउँछ । आजको यस लेखमा हामी साबुन नलगाइकन अनुहार सफा राख्ने तीन उत्तम प्राकृतिक तरिकाहरूबारे कुराकानी गर्नेछौं ।

दूध – दूध प्राकृतिक क्लिन्जर र मोइस्चराइजर दुवै हो । यसमा ल्याक्टिक एसिड हुन्छ, जसले मृत छालाका कोषहरू हटाउन मद्दत गर्छ । यसले छालालाई मोइस्चराइज गर्छ र सुख्खापन हटाउँछ । दाग र टेनिङ कम गर्छ ।

कसरी प्रयोग गर्ने ? 

काँचो दूधमा कपासको टुक्रा डुबाउनुहोस् र अनुहारमा बिस्तारै लगाउनुहोस् । १० मिनेट पछि मनतातो पानीले धुनुहोस् । यसलाई दैनिक रूपमा बिहान वा बेलुका प्रयोग गर्न सकिन्छ ।

बेसन – बेसन एउटा सुपरफूड हो । छालालाई प्राकृतिक रूपमा सफा गर्छ । बेसनले छालाको तैलीयपनलाई सन्तुलनमा राख्छ र छालालाई गहिरो रूपमा सफा गर्छ । ट्यानिङ हटाउन र दाग कम गर्न पनि यसले मद्दत गर्छ । यसले अनुहारबाट ब्ल्याकहेड्स र पिम्पल हटाउँछ ।

 कसरी प्रयोग गर्ने ? 

बेसनमा गुलाबजल मिसाएर पेस्ट बनाउनुहोस् । यो पेस्टलाई ५–१० मिनेट अनुहारमा लगाएर हल्का हातले मसाज गर्नुहोस् । मनतातो पानीले धुनुहोस् ।

एलोभेरा – छालालाई हिल गर्ने प्राकृतिक एजेन्ट हो भन्दा पनि हुन्छ, एलोभेरलाई । एलोभेराले छालालाई भित्रैबाट हाइड्रेट गर्छ र दागहरू घटाउँछ । यसले छालालाई नरम र मुलायम पनि बनाउँछ । घामले डढेर अनुहारमा देखिएका दागहरूबाट राहत दिन्छ र छालाको ओसिलोपन कायम राख्छ ।

यसरी गर्नुस् प्रयोग

अनुहारमा ताजा एलोभेरा जेल लगाउनुहोस् र ५ मिनेटसम्म मसाज गर्नुहोस् । १० मिनेट पछि ताजा पानीले अनुहार धुनुहोस् । यसको नियमित प्रयोगले छाला स्वस्थ र चम्किलो बनाउँछ । तपाईं आफ्नो छालालाई प्राकृतिक तरिकाले स्वस्थ राख्न चाहनुहुन्छ भने साबुनको सट्टा दूध, बेसन र एलोभेरा जस्ता प्राकृतिक क्लिन्जरहरूको प्रयोग गर्नुहोस् । यसले छालालाई भित्रैदेखि सफा त गर्छ नै मोइस्चराइज पनि गर्नेछ । जसका कारण छाला चम्किलो र ताजा देखिन्छ ।

अस्वीकरण :  यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नुअघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।