२०८२ फाल्गुन २४ , आइतवार

 विश्वकप एशिया छनोटमा यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

nepali-womans-cricket_-final_wIatKcjwJo

सुनाखरी न्युज/ काठमाडौं ।

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जितका लागि ११५ रनको लक्ष्य पाएको छ । थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर ११४ रन जोडेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको हो । यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए ।

नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए । यस खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा छन् । नेपालले यूएईलाई हराएमा एक खेल अगावै ग्लोबल छनोट पुग्ने निश्चित हुनेछ ।