२०८२ फाल्गुन २६ , मंगलबार

यस्ता छन् हरियो खुर्सानीका फाइदाहरु

OIP (2)

सुनाखरी न्युज/ काठमाडौ।

खुर्सानी हाम्रो दैनिक जिवनमा प्रयोग हुने वस्तु हो । खुर्सानीलाई हामी खानामा स्वाद बढाउन र मसलाको रुपमा प्रयोग गर्ने गर्छौँ । कसैकसैलाई हरियो खुर्सानी खानासँग टोकेर खान पनि मन पर्छ । भने कसैलाई अचार बनाएर खान मन पर्छ । हरियो खुर्सानीले हाम्रो शरीरलाई धेरै फाइदा पुर्‍याउने गर्छ । भिटामिन, पोटासियम र कपरले भरिपुर्ण हरियो खुर्सानीले शरीरमा धेरै रोगबाट बचाउन मद्दत गर्छ ।

हरियो खुर्सानीको फाइदाहरु : 

खाना पचाउन सहयोग गर्छ–  खुर्सानीले पाचन पक्रियालाई पनि सहयोग गर्छ । त्यही भएर कतिपय चिनियाँ औषधीमा केही मात्रामा खुर्सानी मिसाइन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ – हरियो खुर्सानीको सेवनले शरीरमा एन्टिअक्सिडेन्ट प्राप्त हुन्छ । जसले शरीरलाई रोगहरुको संक्रमणबाट टाढा राख्छ । यसमा पाइने बायोएक्टिभ प्लान्ट कम्पाउन्डले दीर्घकालिन रोगको जोखिमबाट टाढा राख्छ । यस बाहेक भिटामिन सीको मात्राले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

तौल नियन्त्रण गर्छ – शरीरमा जम्मा हुने अतिरिक्त क्यालोरिलाई हरियो खुर्सानीले जलाउन मद्दत गर्छ । हरियो खुर्सानीको सेवनले बारम्बार भोक लागिरहने समस्याबाट पनि बचाउँछ । यसमा पाइने क्याप्साइसिन कम्पाउडरको मात्राले क्यालोरीको मात्रा घटाउन मद्दत गर्छ ।

मूड स्विंगलाई कम गर्छ – अन्य पोषक तत्वको प्राप्तिसँगै हरियो खुर्सानीको सेवनले शरीरमा ह्यापी हर्मोनको स्तरलाई बढाउँछ । जसले शरीरको बेचैनी र दुखाइबाट राहत मिल्छ । यसको सेवनले तनाव र चिन्ताबाट पनि मुक्ति मिल्छ ।

कति खुर्सानी खाने ?
हरेक खानेकुराको फाइदा र बेफाइदा हुन्छ । तपाइँ खुर्सानी खान सक्नुहुन्छ भन्दैमा धेरै परिणाममा खानु हुँदैन । निश्चित परिणाममा भन्दा बढी खानु हुँदैन । आवश्यकता भन्दा बढी खुर्सानी खाँदा ज्यान तात्ने, तालु तथा आखा पोल्ने र निद लाग्दैन । गर्मी हुने मानिसलाई फाइदा भन्दा बेफाइदा हुन्छ ।

खुर्सानीले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने र शौच गर्न गाह्रो हुने, पेट पोल्ने लगायतका समस्या हुन्छन् ।ब्लड प्रेसर, कलेजोको रोग, डाबिटिज, किड्नी र मुटुको रोग छ भने खुर्सानी सेवन गर्दा सावधानी अपनाउनुपर्छ । पेटको अल्सर भएका, पेटमा संक्रमण, बाथ रोगीले खुर्सानी खानु हुँदैन । त्यस्तै ज्वरो आउँदा, घाँटी दुख्दा, खोकी लाग्दा खुर्सानी खानुहुन्न ।