२०८२ फाल्गुन २४ , आइतवार

आईपीएल २०२५: रोकिएको आईपीएल आजदेखि फेरि सुरु हुँदै

ipl-1743045236

सुनाखरी न्युज/ काठमाडौं ।

भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरू आजदेखि फेरि सुरु हुँदै छन् ।

बीसीसीआईको आकस्मिक बैठक बसेर अघिल्लो शुक्रबार  आईपीएल एक साताका लागि स्थगित गर्ने निर्णय भएको थियो । त्यसअघि बिहीबारको खेल चल्दै गर्दा बीचमै रोकिएको थियो ।

 

आईपीएल पुन: सुरु हुँदाको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा सुरु हुनेछ ।

आईपीएलको प्लेअफ दौडबाट ३ टोली यसअघि नै आउट भइसकेका छन् । अब ७ टिम प्लेअफ होडमा रहँदा तीमध्ये कोलकाता र लखनउको भने सम्भावना सबैभन्दा कम छ ।

 

शनिबारको खेलमा बेंगलुरु विजयी भए प्लेअफ पुग्ने पहिलो टिम बन्नेछ भने कोलकाता बाहिरिने चौथो टिम बन्नेछ । कोलकाता विजयी भएमा प्लेअफको झिनो आशा जीवितै रहनेछ ।