२०८२ फाल्गुन ३० , शनिवार

रवीन्द्र मिश्र दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

Rabindra-Durga-768×432

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेका मिश्रलाई छैटौं पटक म्याद थप गरिएको हो । यसअघि गत १४ वैशाखमा ७ दिन म्याद थपिएको थियो ।

रवीन्द्र मिश्रसँगै दुर्गा प्रसाईँको पनि ५ दिन म्याद थपिएको छ । गत चैत्र १५ गतेको तिनकुने घट्नामा मिश्र र प्रसाईंलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । मिश्र तिनकुने घट्ना भएकै दिन चैत्र १५ गते राति पक्राउ परेका थिए ।