२०८२ फाल्गुन २६ , मंगलबार

पसिना नआउनु पनि शरीरको लागि हुन सक्छ हानिकारक !

OIP

सुनाखरी न्युज/ काठमाडौं ।

गर्मिमा पसिना आउनु सामान्य कुरा हो तर कतिपय व्यक्तिलाई भने जति नै गर्मी भए पनि पसिना आउँदैन् । चाहे उनीहरु जतिसुकै घाममा हिड्नु वा घण्टौँ जिममा गएपनि पसिना आउँदैन । हाम्रो शरीरबाट पसिना नआउनु स्वास्थ्यको लागि जोखिमको संकेत पनि हुन सक्छ । पसिना आउनु समस्या जस्तो लागेपनि खासमा शरीरका लागि पसिना आउनु एकदम जरुरी छ । किन भने पसिनाले तपाइँ स्वस्थ भएको संकेत गर्छ ।

विशेषज्ञहरुका अनुसार पसिनाको साथमा हाम्रो शरीरमा रहेको असुद्धी त्वचाको रौंको प्लाबाट निस्किन्छ । यसले त्वचालाई पनि फाइदा पुग्छ । एक अध्यनका अनुसार पसिना आउने ब्यक्तिहरु पसिना नआउनेको तुलनामा बढी स्वस्थ हुन्छन् । शरीरको नियमित प्रक्रियाका लागि पनि पसिना आउनु महत्वपूर्ण छ ।

शरीरमा पसिना नआउँदा के खतरा ?

१- यदि तपाइँको शरीरमा पसिना कम आउँछ वा आउँदै आउँदैन भने खतराको संकेत हो । जसलाई पसिना आउँदैन उनीहरुको शरीरको तापक्रम कम हुन सक्दैन । किन भने पसिनाले नै शरीरको आन्तरिक तापमान नियन्त्रित राख्छ ।

२-  कमै मान्छेलाई थाहा छ कि शरीरमा आउने पसिनाले हाम्रो रोगसँग लड्ने क्षमता बढ्छ । किन भने पसिनाले शरीरमा भएका विषाक्त पदार्थ बाहिर ल्याउँछ । पसिना नआउने ब्यक्ति छिटो विरामी पर्ने सम्भावना बढी हुन्छ ।

३ – पसिना नआउने ब्यक्तिलाई एक प्रकारको छालाको रोग हुने सम्भावना अत्याधिक हुन्छ । पसिनाबाट शरीरमा भएको विषाक्त पदार्थ बाहिर निस्किन पाएन भने यसले छालामा संक्रमण गर्न सक्छ । रौंको प्वलामा जमेका धुलाका कण समेत रोगको कारण बन्न सक्छन् ।

४-  पसिनाको माध्यमबाट हाम्रो शरीरमा बढी भएको लवड अर्थान नुन बाहिर निस्किन्छ । जसलाई पसिना आउँदैन उनीहरुको शरीरमा सल्ट र क्याल्सियमको मात्रा बढी हुने र यसले किड्नीमा स्टोनको खतरा बढी हुन्छ ।

५ – तपाइँलाई पसिना आउँदैन भने शरीरमा घाउ हुँदा त्यो भरिन समय लाग्छ । पसिनासँगै उत्पन्न हुने स्वेद ग्रन्थिमा हुने स्टेम सेल्सले घाउ भर्न    मद्दत गर्छन् । यसरी पसिना नआउनु शरीरका लागि घातक हुन सक्छ ।