
रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपाली लस्करका लस्कर स्वदेश फर्किरहेका छन् ।उनीहरू भारतका बिहार, उत्तर प्रदेश, झारखण्ड लगायतका विभिन्न राज्यहरूतर्फ फर्किंदै छन्। भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो युद्धको प्रभाव नेपालका सीमावर्ती क्षेत्रहरूमा समेत प्रत्यक्ष देखिन थालेको छ ।
नेपाल प्रहरीले समेत सीमामा निगरानी तीव्र पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक ( डीएसपी) राजकुमार सिंहले गौरीफन्टासहितका भारतसँग जोडिएका सबै नाकाहरूमा कडाइ बताए ।जम्मु क्षेत्रका विभिन्न बस्तीहरूमा गोलीबारी भएपछि यो सर्न सुरू भएको हो ।भारतले पहलगाम आक्रमणको प्रतिशोधमा गरेको हवाई हमलापछि पाकिस्तानले गएराति ठूलो मात्रामा जवाफी कारबाही सुरु गर्ने निर्णय गरेको हो ।
पछिल्ला घटनाहरूले सामान्य जनजीवनमा गम्भीर असर परेको छ । सम्पूर्ण उडानहरू निलम्बित छन्, विद्यालयहरू बन्द छन्, र यातायात ठप्प छ । यसले अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पारिरहेको छ ।
पाकिस्तानमा सर्वसाधारणहरू चिन्तित छन् । उनीहरू दुवै देशबीच पूर्ण युद्ध भयो भने सबैभन्दा धेरै पीडित जनसाधारण नै हुने र यसको सामान्य जनजीवनमा विनाशकारी असर पर्ने विश्लेषकहरूले बताइरहेका छन् ।