२०८२ फाल्गुन २७ , बुधवार

पाकिस्तानी सेनाको आक्रमणमा १५ भारतीयको मृत्यु

pakistan-army

सुनाखरी न्युज/ काठमाडौं ।

भारतीय सेनाले मंगलबार रातिदेखि पाकिस्तानले गरेको गोलाबारीबाट १५ जना भारतीय सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
त्यस्तै, पाकिस्तानले गरेको गोलाबारीमा परी ४३ जना भारतीय घाइते भएको भारतीय सेनाले जनाएको छ ।

जम्मू कश्मीरको पुंछ र तंगधार क्षेत्रका नागरिक गोलाबारीबाट प्रभावित भएको बताइएको छ ।

यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतको आक्रमणमा दुई जना बालबालिकासहित सात जनाको मृत्यु भएको जनाएका छन्। उनका अनुसार ती आक्रमणहरूमा एक मस्जिदलाई समेत निशाना बनाइएको थियो ।