
सुनाखरी न्युज/ काठमाडौं ।
युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा एन्टी अक्सिडेन्टुको काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र गाउट भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ।यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्किने प्रक्रियामा गडबडी भयो भने रगतमा पर्याप्त मात्रामा युरिक एसिड घुल्न पाउँदैन र विस्तारै गाउटको रुप लिन्छ।
एउटा स्वस्थ मानिसमा युरिक एसिडको मात्रा ६ दशमलब ८ एमजीरडिएल हुनुपर्छ। जसलाई गाउट वा युरिक एसिडको समस्या छ त्यस्ता व्यक्तिमा युरिक एसिडको मात्रा ५ एमजीरडिएलभन्दा कम राख्नुपर्ने हुन्छ। कुनै व्यक्तिमा युरिक एसिड बढी देखिए पनि जोर्नीको दुखाइ नहुन सक्छ। यस्ता व्यक्तिलाई गाउट नभएर हाइपरयुरेसिमिया भएको हुन सक्छ। त्यसले जोर्नीमा असर गर्दैन। जसलाई युरिक एसिड भएकै कारण जोर्नी ( खुट्टाको बुढी औँला र आसपास) मा दुख्छ, त्यो गाउट हो भनेर बुझ्नुपर्छ।
यूरिक एसिड बढ्नुको कारण
-खानपान तथा जीवनशैलीको बदलाव नै यूरिक एसिड बढ्नुको मुख्य कारण हो ।
-मधुमेह रोगीले सेवन गर्ने औषधीका कारण पनि यूरिक एसिड बढ्नसक्छ ।
-रातो मासु, सी फूड, दाल, राजमा मसरुम, टमाटर, बन्दा, मटर, पनीर, भिण्डी, चामल लगायतका कारण पनि शरीरमा यूरिक एसिड बढ्ने गर्छ ।
-खानाको रुपमा सेवन गरिने प्रोटिनले पनि शरीरमा यूरिक एसिडको मात्रा बढाउने गर्छ ।
-जर्बजस्तीको एक्सरसाइज तथा तौल कम गर्ने चक्करमा पनि यूरिक एसिडको समस्या निम्तिने गर्छ ।
-उच्च रक्तचापमा सेवन गरिने औषधी, पेन किलर तथा क्यान्सरको उपचारमा प्रयोग हुने औषधीले पनि यूरिक एसिडको मात्रा बढ्ने गर्छ ।
-यस्तै, आणुवंसिकता, शरीरमा आइरनको मात्रा बढेमा, थाइराइडको समस्या भएमा, मिर्गौला खराब भएमा, मोटोपना भएमा वा अत्याधिक मात्रामा मदिरापानका कारण पनि यूरिक एसिड बढ्ने गर्छ ।
असर
युरिक एसिड बढेमा वा गाउटको समयमै उपचार नभएमा मिर्गौलामा असर पार्न सक्छ। यसले मिर्गौला फेल बनाउन सक्छ र मिर्गौलामा पत्थरी हुनसक्छ। गाउटले जोर्नीहरुमा ुडिफर्मेसनु ९जस्तैः खुट्टाको बुढी औँला र जोर्नीहरुको आकार वा स्वरुप बिग्रनु० ल्यादिन्छ। युरिक एसिडले विस्तारै मुटुमा पनि असर पुर्याउँछ। यस्तै, शरीरका विभिन्न अंगमा जटिल समस्या ल्याइदिन सक्छ।
बच्ने उपाय
१। नियमित व्यायम गर्ने।
२। पर्याप्त मात्रामा पानी पिउने। तर, मुटुका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाह अनुसार पिउनुपर्छ।
३। धूमपान र मध्यपानबाट टाढै बस्ने।
४। प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने।
५। गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने।
६। शरीरको वजन घटाउने।
७। नियमित औषधिको प्रयोग गर्ने।
८। समय -समयमा चिकित्सकको परामर्श लिने।