२०८२ फाल्गुन २७ , बुधवार

भारत–पाकिस्तान युद्धले इन्धन अभावको हल्ला

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भारत–पाकिस्तान युद्धका कारण इन्धन अभाव हुने भन्दै भारतमा उपभोक्ताले इन्धनको खपत बढाएका छन् । खासगरी एलपी ग्यासका उपभोक्ताले ग्यास अभाव हुने भन्दै इन्धनको खपत बढाएका हुन् ।बजारमा ग्यासको माग बढेर अभाव सुरु हुने अवस्था देखिएपछि इन्डियन आयल कर्पोरेसनले बजारमा ग्यासको कुनै अभाव नरहेको भन्दै निश्चिन्त हुन सार्वजनिक आह्वान नै गरेको छ । भारतमा हल्ला फैलिएसँगै नेपालमा पनि इन्धन अभाव हुने हो कि भन्ने आशंका छ । यद्यपि नेपाल आयल निगमले भने अभाव हुने अवस्था नरहेको जनाएको छ ।

‘अहिलेसम्म हामीलाई केही जानकारी आएको छैन, आपूर्ति नियमित नै छ । त्यसैले समस्या हुन्छ भन्ने पनि लाग्दैन,’ उनले भने । अहिले भारतको उत्तरी क्षेत्रमा एलपीजी ग्यास बोटलिङ प्लान्टमध्ये धेरैजसो आधा भन्दा राजस्थान तथा पञ्जाबमा रहेको र यो क्षेत्र पाकिस्तानसँग जोडिएको कारणले युद्धको प्रभाव पर्नसक्ने आधारमा अभावको हल्ला फैलिएको हो । ने त्यस्तै, पूवी क्षेत्रको लागि पश्चिम बंगालको हल्दिया पश्चिमी क्षेत्रका लागि उत्तर प्रदेशको मथुरा रिफाइनरीबाट ग्यास आउने गरेको छ । यी क्षेत्रहरु युद्ध प्रभावित क्षेत्र होइनन् ।