
सुनाखरी न्युज/ काठमाडौं ।
ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ । हात्तीवन सडकको ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बिच सडकमा पुगेको छ । बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार गए राति उक्त दुर्घटना भएको हो ।
तीव्र गतिको कार आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।उनको पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी नायव निरीक्षक यमबहादुर भुजेलले जानकारी दिए। यस्तै म्याग्दी घर भई गोदावरी नगरपालिका – ३ बस्ने वर्ष ४० अमरध्वज पौडेल, २९ वर्षीय मोसेर लामिछानेको उपचार पनि पाटन अस्पतालमा भइरहेको भुजेलले बताए। कार चालक रूपक सापकोटाको अवस्था भने सामान्य छ।
राति ११ बजेतिर दुर्घटना भएको बताइएको छ । “सातदोबाटोबाट हात्तीवनतिर जाने बाटोमा गाडी पोलमा ठोक्किएको थियो,” हाछेथुले भने,“पोल डरलाग्दो अवस्थामा रहेकाले करेन्ट लाग्न सक्ने डरले हामीले बाटो रोकेका छौँ ।” चालकलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । अमरध्वज पौडेल, विशाल विक र मुकेश लामिछाने घाइते रहेका छन् । चालकले मापसे गरेको पाइएको ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार चालकले मापसे गरेर गाडी चलाएको पाइएकाले नियन्त्रणमा लिएर छानबिन गरिरहेको जानकारी दिए ।