
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी ( केआईआईटी) किट विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् । उक्त विश्वविद्यालयको प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।
गत ४ फागुनमा यही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।उनी प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएकी थिइन् । प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन्। परीक्षा सकिएसँगै अन्य कक्षाका विद्यार्थीहरू घर गइसकेका थिए ।
ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा थप एक नेपाली विद्यार्थी मृत भेटिएपछि अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ओडिशाले विश्वविद्यालयविरुद्ध कडा कारबाहीको माग गरेको छ । एबीभीपी भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन हो । प्रथम वर्षका विद्यार्थीहरू त्यही बस्दै आएको ती विद्यार्थीको भनाइ छ । उनले के कति कारणले आत्महत्या गरेको भन्ने विषयमा खुलिनसकेको ती विद्यार्थीको भनाइ छ । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।गएको फागुनमा केआईआईटीकै होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको शव फेला परेको थियो । दुई महिनाको फरकमा एउटै होस्टेलमा नेपालका दुई छात्राले ज्यान गुमाएका हुन् ।