२०८२ फाल्गुन २५ , सोमवार

गभर्नर छनोट सिफारिस समिति सदस्यमा निवर्तमान गभर्नर अधिकारी

maha

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर छनोट सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले बुधबार सिफारिस समिति सदस्यमा अधिकारीलाई नियुक्त गरेको हो ।

 

मन्त्रिपरिषद् बैठकले बुधबार सिफारिस समिति सदस्यमा अधिकारीलाई नियुक्त गरेको गृहमन्त्री रमेश लेखकले जनाए । यससँगै समिति पूर्ण भएको र गभर्नर छनोटको काम अघि बढ्ने उनको भनाइ छ । यससँगै समिति पूर्ण भएको र गभर्नर छनोटको काम अघि बढ्ने उनको भनाइ छ ।

गत चैत २४ मा अधिकारी पाँचवर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त भएका थिए । सरकारले गत चैत ११ (गभर्नरको कार्यकाल नसकिँदै) गभर्नर सिफारिस समिति गठन गरेको थियो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वको सिफारिस समितिमा पूर्वगभर्नरका रूपमा विजयनाथ भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य थिए । तर गत साता गभर्नर छनोट सिफारिस समितिको भूमिका नरहेको भन्दै भट्टराईले राजीनामा दिएपछि उक्त पद खाली थियो ।