२०८२ फाल्गुन २८ , बिहिवार

भीओआईपी सञ्चालन गरेको आरोपमा एक युवक पक्राउ

call-bypass-dhiraj-81-12-1

सुनाखरी न्युज/ काठमाडौं । 

अन्तर्राष्ट्रिय आगमन कल बाइसपास ( भीओआईपी)  सञ्चालन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–२० स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पठेल रहेका छन्। वीरगन्ज महानगरपालिका–१६ को एउटा घरबाट पटेललाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। दुई तले घरको दोस्रो तलामा एउटा कोठा भाडामा लिएर उनले कल बाइपास गराइरहेको पाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए।

नेपाल टेलिकम र एनसेल कम्पनीका प्राविधिकहरूको सहयोग र समन्वयमा उनलाई पक्राउ गरिएको शाहीले बताए। पटेलले सञ्चालन गरेको कल बाइपास स्थानबाट भिओआइपी गेटवे ३२ पोर्ट थान दुई, भिओआइवी गेटवे १८ पोर्ट एक थान, एनसेल कम्पनीका सिमकार्ड १४ थान, राउटर, ल्यापटप, इन्भर्टर दुई–दुई थान, कनेक्टर, मोबाइल र ३२ जिबीको एक थान पेनड्राइभ बरामद भएको छ।

पक्राउ परेका उनीविरुद्ध दूरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।