२०८३ बैशाख २३ , बुधवार

काठमाडौंमा शिक्षकहरूको बृहत्त प्रदर्शन

teachersss

सुनाखरी न्युज/ काठमाडौं ।

देशभरका शिक्षक फेरि सडक आन्दोलनमा उत्रिएका छन्। आज शनिबार शिक्षकले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्शन गरेका हुन्।संसद्मा विचाराधीन रहेको संघीय शिक्षा ऐनमा आफ्ना विभिन्न मुद्दाहरू समेटिनुपर्ने मागसहित शिक्षकहरूले प्रदर्शन गर्न लागेका हुन् ।उनीहरू माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म पुगेका छन्।

विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न उनीहरूले आन्दोलन गरेका हुन्। महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको माग छ।

यता, आन्दोलनमा भेटिएका नेपाल टे«ड युनियन कांगे्रसका महासचिव अजय कुमार राई आफू भौतिक रुपमै आन्दोलनमा ऐक्यबद्धता जनाउन आएको बताउँदै पटक पटक सम्झौता भएका मुद्दाहरुलाई कार्यान्वयन नगर्नु भनेको राज्यको दृष्टिकोण श्रमजीवि वर्गप्रति सकारात्मक नहुनु रहेको बताए।