२०८३ बैशाख २३ , बुधवार

प्रधानमन्त्री ओली आज सुर्खेत जाँदै, प्रदेश सभालाई सम्बोधन गर्ने

KP_OLI

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन् ।

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली  सुर्खेत जान लागेका हुन् ।

 

उनको सचिवालयका अनुसार उनले आज बिहान ११ः३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ ।

दिउँसो दुई बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने र साढे तीन बजे मध्यपश्चिम विश्वविद्यालयको भवन उदघाटन गर्ने कार्यक्रम छ ।

 

त्यसपछि अपराह्न चार बजे रंगशाला अवलोकन गरेर प्रधानमन्त्री ओली काठमाडौं फर्किने कार्यक्रम छ ।