२०८२ फाल्गुन २९ , शुक्रवार

दुई पत्रकारको संसद पास निलम्बन

Parliament-of-Nepal-Samsad-Bhawan-BICC

सुनाखरी न्युज/ काठमाडौं।

सङ्घीय संसद् सचिवालयले दुई जना पत्रकारको प्रवेश पास निलम्बन गरेको छ ।सङ्घीय संसद् सचिवालयले दुई जना पत्रकारको प्रवेश पास निलम्बन गरेको छ ।पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरिएको हो ।संसद सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ ।

सोही प्रवेश पास महासचिव स्तरीय निर्णयबाट निलम्बन गरिएको हो ।संसद् सचिवालयले पत्रकारहरूलाई संसद भवन प्रवेशका लागि छुट्टै पासको व्यवस्था गर्दै आएको छ । संसद भवनमा प्रकाश र किशोर कुमारले प्रधानमन्त्रीलाई तपाईँ हिटलर र तानाशाह हो रु भन्दै प्रश्न सोधेका थिए ।

उक्त विषयलाई लिएर संसदमै एमाले सांसदले सभामुखको ध्यानाकर्षण गराएपछि संसद सचिवालयले एक महिनाका लागि पत्रकारद्वयलाई संसद भवन प्रवेशमा रोक लगाएको हो ।