२०८२ फाल्गुन २४ , आइतवार

‘भ्वाइस’को नकआउटमा, बाहिरिएका तीनलाई गीत कम्पोजको वचन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘द भ्वाइस अफ नेपाल’ सिजन ६ मा ब्याटल राउण्ड रोचक बनिरहेको छ । अहिलेसम्म यस राउण्डका ४ एपिसोड प्रसारण भए । पछिल्लो सप्ताहान्त कूल १६ जनाले प्रतिस्पर्धा गरे । एपिसोड १३ को सुरुवात कोच उदय सोताङको टिमबाट भयो जहाँ उनले मिन्सो केरुङ लिम्बु र प्रभा राईलाई ब्याटलमा ल्याए । दुवैजनाले रामकृष्ण ढकालको ‘छिट्को गुन्युँ तिमीले लगाउँदा’ बोलको गीतमा प्रस्तुति दिए । उदयले मिन्शोलाई छनोट गरे । कोच राजु लामाको टिमबाट कमलजित सिंह र योजना राईबीच प्रतिस्पर्धा भयो । नारायणगोपाल र आशा भोसलेको गीत ‘माया त माया हो’ गाएर उनले सबैको मन जिते । कमल नकआउटको लागि छनोट भए । बाहिरिएकी योजनाको लागि कोच राजुले गीत बनाउने र सँगै गाउने वचन दिएका छन् ।