
काठमाडौंको नयाँ बानेश्वरमा आइतबार दिउँसो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भडप हुँदा डीएसपी पौडेल घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको उनले बताए ।त्यसक्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज, डीएसपी गंगा पौडेल घाइते भएका छन् । प्रदर्शनकारीतर्फ पनि केही जना घाइते भएको बताइएको छ ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडि झडप भएको काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतले जानकारी दिए । केही प्रदर्शनकारी घाइते भएको पनि बताइएको छ ।