
काठमाडौंमा लगायतका ठाउँमा भूकम्पको धक्का महशुस भएको छ ।
आज्ञ बिहान २:५१ बजे सिन्धुपाल्चोक (नेपाल चिन सिमाना, लिस्तिकोटको २ किलोमिटर आसपास ) केन्द्रविन्दु बनाएर ६.१ म्याग्नेच्युड को शक्तिशाली भूकम्प गएको छ ।
काठमाडौंवासीको समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
२ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।
शक्तिशाली भूकम्पको कारण काठमाडौं उपत्यकावासीलाई समेत ब्युँझाएको थियो ।
भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।