२०८२ फाल्गुन २७ , बुधवार

वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन गर्ने

OIP

 

सुनाखरी न्युज/ काठमाडौं ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । आगामी आर्थिक वर्षदेखि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायतका पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा बहिरंग (ओपिडि) सेवा दुई सिफ्टमा सञ्चालन हुने नीति तथा कार्यक्रममा उल्लेख छ।

सरकारले नीति तथा कार्यक्रममा समेटेको उक्त विषय कार्यान्वयनका लागि पूर्वाधार र जनशक्ति हुन जरुरी हुन्छ। अहिलेको पूर्वाधार र जनशक्तिले सरकारको नीति कार्यान्वयन गर्ने सकिने अवस्था छ कि छैन ? कसरी कार्यान्वयन गर्न सकिन्छ | नीति तथा कार्यक्रममा नाम लिइएका तीनवटै अस्पतालको नेतृत्व गरिरहेका चिकित्सकहरुले यस्तो बिचार प्रस्तुत गरेका छन् ।

नेपाल सरकारको नीति तथा कार्यक्रममा परेको उक्त विषयलाई सकेसम्म छिटो कार्यान्वयन गर्नेतर्फ हाम्रो जोड हुनेछ। तत्कालका लागि भएकै जनशक्ति तथा पूर्वाधारको अधिकतम प्रयोग गरी सेवा सुरु गर्न सकिन्छ होला । तर,  दीर्घकालीन रुपमा भने यही जनशक्ति तथा पूर्वाधारबाट चलाउन सकिदैन। त्यसैले सुरु गर्दा नै सँगसँगै पूर्वाधारको विकास, जनशक्ति बढाउने र बजेट तर्जुमा गर्नेतर्फ पनि सोच्नुपर्ने हुन्छ।

केही जनशक्ति थप गरी उनीहरुको तलब तथा भत्तामा समेत केही फेरबदल गर्न सकेमा सरकारको उक्त कार्यक्रम कार्यान्वयन गर्न सहज हुन्छ। राष्ट्रिय ट्रमा सेन्टरमा कार्यतालिका बनाएर दुई सिफ्टमा सेवा दिन सकिन्छ।  यसरी दुई सिफ्टमा सेवा दिनकालागि हाल रहेको जनशक्तिमा ५० प्रतिशत थप गर्नुपर्छ। ओपिडी सेवामा  आउने बिरामीहरुको संख्या ६० प्रतिशतले बढ्ने सम्भावना रहन्छ।  हाल राष्ट्रिय ट्रमा सेन्टरमा दैनिक ५ सय भन्दा बढी बिरामीहरु ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आउने गर्छन्।