२०८२ फाल्गुन २९ , शुक्रवार

मलद्वारमा लुकाएर ल्याइएको झण्डै चार किलो सुनसहित ४ जना पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित ४ जना पक्राउ परेका छन् ।

फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ३ महिला र १ पुरुष सुनसहित पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ रहेका छन् ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।