२०८२ फाल्गुन २९ , शुक्रवार

राष्ट्रसंघमा उभियो युक्रेनको पक्षमा नेपाल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालले संयुक्त राष्ट्र संघको महासभाको छिमेकी भारत र चीनभन्दा भिन्न धारणा राख्दै ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास’ भन्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । युक्रेनमा रुसी आक्रमण चलेको तीन वर्षपछि राष्ट्र संघ महासभाले प्रस्ताव पारित गरेको हो ।युक्रेनको न्याय र शान्तिका पक्षमा ९३ देश उभिए जसमा नेपाल पनि छ । उसले युक्रेनको विपक्षमा मतदान गरेपछि विश्वभरि अमेरिकी मान्यता बदलिएको प्रसंगबारे चर्चा सुरु भएको छ ।अमेरिकासँगै रुस, उत्तर कोरिया, बेलारुस लगायतले विपक्षमा मतदान गरेका छन् । जर्मनी, बेलायत, फ्रान्सलगायत देश पक्षमा छन् ।