२०८२ फाल्गुन २४ , आइतवार

सुनको मुल्यमा रेकर्ड कायम, यस्तो छ कारण !

Gold High

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सुनको मुल्यले नयाँ  रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मुल्य वृद्धिसँगै नेपाली बजारमा पनि मुल्यले उचाई लिएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघमा वरिष्ठ उपाध्यक्ष एवं दरभाउ निर्धारण समितिका सभापति दियेशरत्न शाक्यका अनुसार भन्सार घटेपछि आज मुल्यले रेकर्ड बनाएको हो ।
महासंघका अनुसार आज प्रति तोला सुनको मुल्य १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको छ । यसअघि गत कात्तिक १५ गते प्रतितिोला सुनको मुल्य १ लाख ७१ हजार रहेको थियो । त्यसपछि सरकारले भन्सार दर लाई २० वटा १० प्रतिशतमा झारपछि मुल्य घटेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।बितेको दुई महिनामा मात्रै यसको १२५ ले मूल्य बृद्धी भएको छ। । जसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको छ। आज सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँ कायम भएको छ, जुन नेपाली बजारकै अहिलेसम्मको उच्चतम मूल्य हो।

विशेषगरी, अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएदेखि उनले अपनाएको भन्सार नीति तथा अन्य आर्थिक निर्णयहरूले विश्व आर्थिक बजारलाई प्रभावित गरेको छ। यी नीतिहरूका कारण विश्व बजारमा अस्थिरता बढेको छ, जसले मुद्रास्फीति उच्च बनाएको छ। मुद्रास्फीति नियन्त्रण गर्न तथा सुरक्षित लगानीको उपायको रूपमा सुनको माग समेत बढेको देखिन्छ। यसपालि युरोपेली देशहरूबाट भौतिक सुनको माग ९न्यमि भ्त्ँ० अझ वृद्धि भएको छ।

यसैबीच, अमेरिकी नयाँ प्रशासनले आफ्नो केन्द्रीय बैंक ९ँभमभचब िच्भकभचखभ० मा रहेको सुनको लेखा परीक्षण गर्दैछ भन्ने समाचार बाहिर आएको छ। विश्व आर्थिक बजारमा अनिश्चितता बढिरहेको वर्तमान अवस्थामा, आफ्नो मुद्रालाई स्थिर राख्न अमेरिकाले केन्द्रीय बैंकको सुन सञ्चिति विस्तार गर्न सक्ने विज्ञहरूको अनुमान छ। त्यस्तै, चीन, भारत, रूस, ब्राजिल लगायत द्यच्क्ष्ऋक् समूहमा रहेका उदाउँदा आर्थिक शक्तिहरूले पनि आफ्नो केन्द्रीय बैंकहरूको सुन सञ्चिति विस्तार गरिरहेका छन् भन्ने अपुष्ट समाचारहरू आइरहेका छन्।

यदि अमेरिका तथा युरोपेली केन्द्रीय बैंकहरूले आर्थिक मन्दी सामना गर्न थप ब्याजदर घटाउने वा मुद्रा आपूर्ति ९mयलभथ कगउउथि० वृद्धि गर्ने निर्णय गरेमा— जसको सम्भावना धेरै छ— त्यसले सुनको माग झन् चुलिन सक्छ। यी सबै कारणले गर्दा केही दिनभित्रै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३,००० डलर नाघ्न सक्ने अनुमान गर्न सकिन्छ, जसको प्रभावमा नेपाली बजारमा पनि प्रतितोला १ लाख ७५ हजार रुपैयाँ नाघ्न सक्ने छ।