२०८२ चैत्र २ , सोमवार

रासस पत्रकारिता पुरस्कार गिरी र भट्टराईलाई

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको ‘रासस पत्रकारिता पुरस्कार २०८१’ रासस केन्द्रीय कार्यालयका नेपाली समाचार सम्पादक विक्रम गिरी र फोटो सेवामा कार्यरत वरिष्ठ समाचार सहायक किरण भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । महासङ्घ प्रतिष्ठान शाखाको आज बसेको बैठकले उहाँहरुलाई पुस्कार प्रदान गर्ने निर्णय गरेको प्रष्ठिानका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । सो पुरस्कारको राशि जनही रु १० हजार रहेको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील गिरी नेपाल पत्रकार महासङ्घ दार्चुला शाखाका संस्थापक अध्यक्ष पनि हुनुन्छ । भट्टराई लामो समयदेखि पत्रकारितामा आबद्ध हुनुहुन्छ ।

यसैगरी, ‘उमाकान्त–गीतादेवी–स्मृति पुरस्कार’ राससको दाङस्थित जिल्ला समाचारदाता सुशीला ओलीलाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि रु पाँच हजार रहेको छ । लुम्बिनी प्रदेश कार्यालय दाङका उपसमाचारदाता नारायणी रजौरेले आफ्ना, माता, पिता र भाइको सम्झनामा २०६६ फागुन ७ गते पुरस्कार स्थापना गर्नुभएको हो । त्यसैगरी प्रतिष्ठान शाखाले तीन दशकभन्दा धेरै समय राससको सेवामा संलग्न पूर्वमहाप्रबन्धक रामकुमार कोइरालालाई पूर्वकर्मचारीका तर्फबाट प्रदान गरिने ‘रासस सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरिएको छ । कोइरालालाई कदरपत्र र दोसल्लासहित सम्मान गरिनेछ । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा यही फागुन ७ गते ती पुरस्कार प्रदान गरिनेछ ।   रासस