२०८२ फाल्गुन २६ , मंगलबार

माछापुच्छ्रे क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैक तथा माछापुच्छ्रे गाँउपालिका वडा नंः ३ र ४ को संयुक्त आयोजनामा हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा मिती २०८१/१०/२१ देखी २०८१/१०/२४ सम्म शेयर सम्बन्धि सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ ।
क्यापिटलको पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रम, मिति २०८१/१०/२१ देखी २०८१/१०/२२ सम्म (२ दिन) माछापुच्छ्रे गाँउपालिका कास्कीको वडा नंः ४ लाहाचोकका हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा र मिति २०८१/१०/२३ देखि २०८१/१०/२४ सम्म (२ दिन)माछापुच्छ्रे गाँउपालिका कास्कीको वडा नंः ३ र सो वडाका गाउँहरुमा सम्पन्न गरिएको थियो । सो वित्तीय साक्षरता, सचेतना र घरदैलो कार्यक्रम, वडा नंः ४, घाचोक माछापुच्छ्रे बैंक बगर शाखा का शाखा प्रबन्धक श्री उज्जवल घिमिरे तथा माछापुच्छ्रे बैंक लिमिटेडका गण्डकी प्रदेशका क्लस्टर प्रमुख श्री जिबन बहादुर कार्की को समन्वयमा सम्पन्न भएको हो ।

उतm कायक्रममा वडा नंः ३ का वडा अध्यक्ष श्री हरिश्चन्द« लम्साल तथा वडा नंः ४ का वडा अध्यक्ष श्री मधुसुधन अधिकारी समेत उपस्थित हुनुभएको थियो भने क्यापिटलका तर्फबाट सञ्चालन प्रमुख करुना थापा तथा निक्षेप सदस्य विभागका कर्मचारी श्री कोपिला पौडेल उपस्थित हुनुभएको थियो । क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भब्यताका साथ मनाइरहेको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ«े क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।