
सुनाखरी न्युज/ काठमाडौं ।
भरतपुर महानगरपालिका(१ स्थित सडकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना।४ ख ५४९७ नम्बरको माईक्रोको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका(२ आँपटारी बस्ने ६५ वर्षीय राम बहादुर उपरकोटीको मृत्यु भएको छ । माईक्रोले मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । प्रहरीले माईक्रो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।