२०८२ फाल्गुन २९ , शुक्रवार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

arrestad 3

सुनाखरी न्युज/ काठमाडौं ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका(११ बस्ने ४८ वर्षीय देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीको २०६७ मंसिर २७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्म कैद सजाय ठहर भई सजाय भुक्तान गरिरहेको अवस्थामा २०६९ साउन २२ गते कैलाली कारागारबाट भागि फरार रहेका उनलाई कञ्चनपुर भीमदत्त नगरपालिका(१० गड्डाचौकीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।