२०८२ फाल्गुन २९ , शुक्रवार

मृत अवस्थामा फेला

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।

बर्दिया, बारबर्दिया नगरपालिका-८ दुध्धा बस्ने ६५ वर्षीय पृथ्वी हिलाई थारू सोही ठाउँस्थित बकलभार सुख्खा नालामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । रसुवा, उत्तरगया गाउँपालिका-१ मैलुङस्थित अप्पर त्रिशुली हाईड्रोपावरमा काम गर्ने बर्दिया, बर्दिया नगरपालिका-६ ढकैला बस्ने ४३ वर्षीय माधुराम थारू सोही हाईड्रोपावरको व्यारेकमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । रूपन्देही, देवदह नगरपालिका-९ बुद्धचोक डेरा गरी बस्ने पाल्पा तिनाउ गाउँपालिका-५ घर भएकी ३३ वर्षीया पुष्पा राना आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । कालिकोट, रास्कोट नगरपालिका-९ फुल्मस्थित सुनधौउ खोलाको किनारमा पचालझरना गाउँपालिका-९ बस्ने ४० वर्षीय प्रेम बहादुर शाही मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।