२०८२ फाल्गुन २६ , मंगलबार

इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको ATM बाट सजिलै निकाल्न मिल्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संसार द्रुत गतिमा डिजिटली रुपान्तरण भइरहेको छ, विज्ञान र प्रविधिको देनले गर्दा पहिला घण्टांै लाग्ने कार्यहरु अहिले क्षणभर मै गर्न सम्भव भएको छ । उदाहरणको लागि भुक्तानी सेवाहरु नै हेरौँ, पहिलो घण्टौं लगाएर कार्यलय धाउन पर्ने वाध्यता हटेर अहिले घरको सोफामा बसेर आरामले इसेवाबाट मिनेटमै गर्न सकिन्छ । इसेवाले देशको अर्थतन्त्रलाई नै रुपान्तरण गरेर डिजिटल बनाइ दिए सँगै नगद बोकेर हिड्ने झन्झटबाट मुक्त भएका छौँ । अहिलेको डिजिटल युगमा नेपालमा पनि धेरैजसो आर्थिक कारोबारहरू डिजिटल माध्यमबाटै गर्न सक्छौं तर अझै पनि केहि स्थान र मानिसहरु यस सेवाबाट अनविज्ञ छन् जसका कारण डिजिटल भुक्तानीको सुविधा नभएका पसलहरुमा भुक्तानी गर्नहोस् वा उपहार, पुजा पाठ, दानदक्षिणा गर्न हाम्रो नेपाली समाजमा नगदको आवश्यकता कतै न कतै परिरहन्छ । यस्तै अवस्थामा नगद चाहिएको खण्डमा पनि प्रयोगकर्ताहरुलाई सहजता प्रदान गर्न इसेवाले आफ्नो ATM withdraw सेवा विस्तार गरेको छ । अब इसेवा प्रयोगकर्ताहरुले आवश्यक परेको खण्डमा एनआईसी एशिया बैंकको ATM बाट सजिलै पैसा निकाल्न सक्नेछन् । यस अघि एभरेष्ट बैंक मार्फत प्रदान गर्दै आएको यो सुविधा इसेवाले हालै एनआईसी एशियामा पनि बिस्तार गरेको छ ।

ATM Withdraw गर्ने प्रक्रिया दुई चरणको रहेको छ । पहिलो चरणमा इसेवा प्रयोगकर्ताहरुले आफ्नो इसेवा एपमा गई OTP प्रक्रिया पूरा गर्नुपर्नेछ भने दोस्रो चरणमा नजिकैको एनआईसी एशिया बैंकको ATM मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ । पहिलो चरणमा प्रयोगकर्ताले इसेवाको Financial Services भित्र रहेको ] ATM Withdraw गई NIC Asia Bank छनोट गरेर आवश्यक विवरण राखेर प्रक्रिया पूरा गर्नु पर्नेछ । प्रक्रिया पूरा भएपछि इसेवामा दर्ता गरिएको मोबाइल नम्बरमा OTPआउनेछ, जुन प्रयोगकर्ताहरूले ATM टर्मिनलमा पुष्टि गर्नुपर्छ । यसरी मोबाइल नम्बर र OTP सहितका विवरणहरू ATM मेसिनमा प्रमाणीकरण भएपछि मात्र प्रयोगकर्ताहरूले नगद निकाल्न सक्नेछन् । यसरी रकम निकाल्न दुई सजिला चरणहरु पार गरेर OTP जस्ता विवरणहरु पनि पुष्टि गनुपर्ने भएकोले यो प्रक्रिया सहजसँगै सुरक्षित पनि रहेको इसेवाका रणनीतिक बैंकिङ तथा वित्तीय समाधान प्रमुख हेम घिमिरेले बताएका छन् ।

इसेवा बारे
इसेवा लि. सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । मोबाइल तथा इन्टरनेट बैंकिङको सफ्टवेयर प्रदायक कम्पनीमा नेपालकै अग्रणी स्थानमा रहेको F1Soft Internationalको एक सहायक कम्पनीको रुपमा सुरु भएको इसेवाले सन् २०१२ मा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको इसेवा लि., शहरी केन्द्रमा मात्र सीमित नभएर हाल यस कम्पनीको उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू अवस्थित रहेको छ । मोबाइल टपअप बाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकीङ, शेयर तथा डिम्याट खाता नविकरण, ब्लूबुक नविकरण, इन्स्योरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, इजी लोन, इस्पिकर , मर्चेन्ट लिङक सुविधा दिदै आएको छ ।