२०८२ फाल्गुन २८ , बिहिवार

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

Earthquake-wev-real

सुनाखरी न्युज/ काठमाडौं ।

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरास, निकारागुवा, र क्युबा लगायतका क्षेत्रहरूमा सुनामी चेतावनी जारी गरिएको छ ।

भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको बीबीसीले जनाएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल ९२०९।२ किमी० दक्षिण(पश्चिम रहेको छ ।

 

 

राष्ट्रिय सुनामी चेतावनी केन्द्रले केही देशहरुमा अझै सुनामीको सम्भावना रहेको बताउँदै सावधानी अपनाउन भनेको छ । केही देशहरुमा भने यसको सम्भावना कम भएको बताउँदै केन्द्रले चेतावनी रद्द गरिसकेको छ ।