२०८२ फाल्गुन २५ , सोमवार

सरू के छ खबर ?

Santosh

सन्तोष कुमार पोखरेल /सुनाखरी न्युज-

बालमनोविज्ञानको एउटा कथा

सरू मेरी छोरीको नाम हो। उसको छोरा आदृत तीन बर्ष पूरा गरी अहिले चारमा हिड्दैछ। मेरो नाति आदृत अत्यन्त सुन्दर अनि निर्दोष बालक हो। अझैसम्म उसको तोते बोलीले उसकी हजुर आमा र मलाई मोहित गर्दैछ, मानो उसलाई तोते बोलीले हामीलाई दंङदास पारिराख्न उसका देउताले अह्राएका हुन्। यो नातिले मलाई उतिबेलै आश्चर्यचकित पारेको थियो जतिबेला उ मात्र डेढ बर्षको थियो, र दोहोरो कुरा पनि गर्न जान्दैनथ्यो।

उ मेरो पलङमा बसेको रहेछ, म कोठामा पसें र नातिले मलाई आफूतिर बोलायो र भन्यो, ूबुवाको बाबु, बुवाको नाति।ू मैले सुनेको र उसले बोलेको सम्भवतः यो पहिलो पटक थियो। उ शान्त थियो र बुझक्कड र गम्भीर थियो। म खुसीले गद्गद भएँ। यो शिशुमा दैवले भरिदिएको ग्यानले मलाई त्यस सत्ताप्रति अझ अनुगृहित तुल्यायो। अहिले त उ तीन पूरा गरी चारमा हिड्दैँछ।

दुई बर्ष अघिसम्म निकै माया गर्ने उसकी सानीमा जसलाई आदृत सानोमामु भनेर बोलाउँछ, बिहे गरी घर गई अनि केही दिनपछि भिडियो फोन गरी तर बालक बोलेन। मेरी सानु छोरीतिर हेरेन। अनि अस्ति उसकी मामु सरू पनि उच्च शिक्षाका निम्ति बिहानै बेलायत उडी, बच्चा सुतेकै थियो। बच्चा उठेर आफ्नी मामु र हजुरआमा दुबैलाई देखेन। त्यहाँ उसलाई हेर्न भनेर जेठीसासुलाई राखिएको थियो। यता सरूसित हामी दुवै गएका थियौं। मैले उसलाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरें र आफू आन्तरीक उडानबाट देशको पूर्वपट्टि लागें। उसकी आमा छोरीलाई बेलायत उडाएर घर फर्की। उ आफ्नी हजुरआमालाई आमा भन्छ। आफ्नी मामुलाई नामले पनि बोलाउँछ।आमाको त पुच्छर नै हो उ, एकँछिन् पनि छाड्दैन, अनि आमा पनि नातिबिना रत्तिभर पल पनि बस्न सक्दिन। यिनको मनमुटु एक छ।

दिन बित्यो साँझ पर्यो उसकी मामु आइन। रात पर्यो, अझ पनि उ आइन। उ मामुसितै सुत्ने बच्चा आज हजुरआमा सित सुतेको थियो। बिहान उठ्ने बित्तिकै हजुरआमालाई मात्र देख्यो। बिहान बिहानै जिस्क्याउन आउने बुवालाई पनि देखेन। हजुरआमाले मास्तल्लामा दुदू खान जाम् भनी नातिलाई हातमा समाएर लान थाली। नाति भन्दै थियो,ू मामु पनि आऊ१ बाबु बुबू खान जान्छे।ू
ूमामु बाथरुम गाकी छे, ऐले आउछे।ू आमाले बालकलाई ढाटनु परेको थियो। यो ढाँटेको कुरो बच्चाले बुझेको थियो। उसकी मामु माथि आइन, अनि मध्य दिउँसो बेलायतबाट उसको भिडियो फोन आयो। बाबु मामुसित बोलेन। आफ्नै गुडिया र मिसिन सित खेलमा मग्न भयो। साँझमा नातिले आमालाई भनेछ, ूआमा तिमी नजाउ है।ू
बालक सब बुझ्न सक्छ। उ नातिलाई अंगालो हालेर रोइछ, ूआमा, बाबुलाई छाडेर कतै जान्न।ू

म पनि बाहिर छु। मलाई पनि यस कुराले भावूक बनायो। हे ईश्वर साना इच्छापूर्तिका निम्ति बच्चालाई आमाको काखबाट टाढा नपार१ अनि देशका नालायक सरकारहरू प्रति रोष पलायो जहाँबाट मेरी छोरी जस्ता धेरै आमाहरू कृतृम भविष्यका लागि आफ्ना कलिला नानी बाबुलाई छाडेर बिदेसिन्छन्। अनि नामर्दकी स्वास्नी हुनू भन्दा मर्दकी दासी हुनू बेस् भन्या जस्तो यो देश कुनै मर्दले लिएर जनतालाई सुख्ख दिए सबैको जय हुन्थ्यो जस्तो भावना पनि आयो।

पर्सिपल्ट फेरी बेलायतबाट सरूले भिडियो गरिछ। यसपटक छोरो बोलेछ, भनेछ,ूसरू के छ खबररुू

सरू रोइछ, अनि आमा पनि रोइछ‌। यो एउटा ब्यंग्य थियो बालकको। यो तीन बर्षको बालकको बोलीमा कहाँबाट कसरी आयो होलारु

जनवरी ३०, २०२५। पूर्वी नेपाल।
ृसन्तोष कुमार पोखरेल नेपालका अन्तर्राष्ट्रिय बहुभाषिक कवि लेखक हुनुहुन्छ।े