
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले कर्मचारीहरूका लागि साइबर सुरक्षा एड्भाइजरी जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी एड्भाइजरी जारी गरेको हो ।सरकारी सूचना प्रविधि प्रणालीको प्रयोगकर्ताका लागि जारी रहेको एड्भाइजरीमा तीन तीन महिनामा पासवर्ड परिवर्तन गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ । घर परिवार आफन्त साथीभाइको नाम, मोबाइल नम्बर जस्ता सजिलै अनुमान गर्न नसकिने पासवर्ड प्रयोग गर्न पनि भनेको छ ।
यस्तै, आफ्नो निकायमा प्रयोग भइरहेका साइबर सुरक्षाका उपकरणहरू उचित कन्फीग्रेसन र सेक्युरिटी हार्डन गरी मात्रै प्रयोग गर्न भनिएको छ ।एड्भाइजरीमा घर परिवार आफन्त साथीभाइको नाम, मोबाइल नम्बर जस्ता सजिलै अनुमान गर्न नसकिने पासवर्ड प्रयोग गर्न भनिएको छ । एड्भाइजरी अनुसार सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा नेटवर्कको सुरक्षाका सम्बन्धमा २१ बुँदे निर्देशन दिइएको छ ।
जसमा डाटाको नियमित रूपमा ब्याकअप राख्ने, आर्काइभ गर्नका साथै बिजनेस कम्युनिटी प्लान तयार गरेर लागू गर्ने, जेन्युन लाइसेन्स भएका हार्डवेयर तथा सफ्टवेयरको प्रयोग गर्ने, पासवर्ड बलियो राख्ने, सोर्स कोड अद्यावधिक गरेर सुरक्षित राख्ने भनिएको छ ।