२०८२ फाल्गुन २९ , शुक्रवार

गाईबस्तु चराउन जंगल गएका दुई किशोरी मृत फेला

death

सुनाखरी न्युज/ काठमाडौं ।

अछाममा दुई किशोरी मृत फेला परेका छन्। शुक्रबारदेखि एकाएक हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्। ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन् ।

१४-१४ वर्षका उनीहरु नातामा फुपू–भदैनी रहेका आफन्तले बताएका छन् । दुवै किशोरी शुक्रबार ढकारी- १ मा पर्ने छिन्ने ओडार जंगलमा गाईबस्तु चराउन गएका थिए। दुवैजना साँझ नफर्किएपछि परवार र आफन्तले खोजी गरेका थिए। यसक्रममा शनिबार साँझ साढे ६ बजेतिर जंगलमा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए।

थप अनुसन्धानका लागि डिएसपी ईश्वरी प्रसाद भण्डारी नेतृत्वको टोली घटनास्थल गएको छ । घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुको मृत्युको कारण खुलेको छैन ।